‘अरु लोभि हुँदा डराउनुहोस् र अरु डराउदा लोभि नहुनओस्’ : वारेन्ट बफेट
मानिसले जागीर गुमाउनु, व्यापारमा घाटा हुनु, अफिसहरू बन्द हुँदै जानु , हरेक सामानको भाउ बढ्दै जानु, मानिसमा उत्साह भन्दा निरासाका कुरा बढी हुनु आर्थिक मन्दिमा देखिनु दृश्य हो ।
हरेक व्यक्तिको व्यक्तिगत जीवनमा पनि मन्दि जति बेला पनि घट्न हुन सक्छ । अरु सबै रमाइरहेका बेला पनि आफ्नो जीवनमा आर्थिक संकटले घेरा लगाएर आएका आउँछन् ।
मन्दि भनेको के हो ?
कुनै पनि देशको स्वास्थ्य अवस्था कस्तो छ भनेर मापन त्यस देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) कति छ भनेर हो । जीडीपी भनेको कुनै पनि देशको सीमा भित्र एक आर्थिक वर्षको लागि उत्पादन भएको वस्तु तथा सेवा हो । जस्तै कार किन्नु, कफि शपमा गएर कफि खानु, बढेको कपाल काट्नु, यी यस्ता आर्थिक गतिविधिले हरेक व्यक्तिका गतिविधिले जीडीपीमा योगदान दिइरहेको हुन्छ । कुनै पनि देशको जीडीपी निरन्तर ६ महिनासम्म आरालो लाग्ने क्रममा छ भने त्यस्तो अवस्थालाई मन्दि भनिन्छ ।
मन्दि भनेको समयको अन्तरालमा देखिने प्राकृतिक प्रकिया हो जसमा विभिन्न अर्थतन्त्रका गतिवधि उद्योग धन्दा, कलकारखाना खुम्चिएर जान्छ । यस्तो बेलामा मान्छेले सामान्य जीवनस्तर चलाउन पनि निकै मुस्किल मानिरहेका हुन्छन् ।
यो देशले पनि भोगिरहेको हुन्छ र देश भित्रका हरेक व्यक्तिले पनि भोग्नु परेको हुन्छ । आर्थिक मन्दिको बेलामा यी कुराहरू अपनाउन पर्ने हुन्छ ।
आर्थिक सङकट पर्दा के गर्ने ?
जब अर्थतन्त्र ओरालो लागिरहेको हुन्छ त्यति बेला खर्च कटौटी गर्ने अत्यावश्यक कुरालाई मात्र ध्यानमा राखेर काम गर्ने गरिन्छ ।
आर्थिक मन्दि जहिले पनि हुन सक्छ । विश्वका अर्थविज्ञ र धेरै लगानीकर्ताले हामी विश्वको ठूलो मन्दिकाबीचमा हुन सक्ने बताएका छन् ।
१.बजेट छुट्याएर राख्नुहोस्
६ महिनाको लागि अत्यावश्यक चिजको जस्तै आफूलाई चाहिने रासन, लताकपडा, बिजुली पानीको बिल आदि पुग्ने रकम छुट्याएर राख्नुु पर्छ । यसलाई आपतकालीन रकम भन्ने गरिन्छ । यो आफूलाई आपत परेको बेलामा मात्र प्रयोग गर्नु पर्छ ।
२.के्रडिट कार्डको प्रयोग नगनुहोस्
क्रेडिट कार्डमा चर्को ब्याजदर हुने भएकाले यसलाई आर्थिक सङकटको बेलामा प्रयोग नगरेकै राम्रो हुन्छ ।
३.आफ्नो ऋण तिर्नस्
व्यापार व्यवसायमा घाटा छ भने पनि मन्दि छ भनेर चुप लागेर नबस्नोस्, अर्को ऋण लिएर भएपनि व्यापार व्यवसायलाई तुरुन्त सुचारु गर्नुहोस् ।
अव्यवस्थित वित्त र ऋण वित्तीय संकटको सबैभन्दा ठूलो कारण हो, त्यसैले फेरि त्यस्तो जालमा नपर्नुहोस् । तपाईं आफ्नो बचत खाताबाट कुनै पनि पेन्डिङ बक्यौता खाली गर्नको लागि पैसा पनि प्रयोग गर्न सक्नुहुन्छ । समयमै भुक्तानीले तपाईंलाई आफ्नो सम्पूर्ण वित्तीय संकटबाट छिटो बाहिर निष्कन मद्दत गर्नेछ ।
४. अतिरिक्त नगद कमाउने तरिकाहरू खोज्नुहोस्
तपाईलाई अब नचाहिने सम्पत्ति बेच्नु होस् अर्थात बेबीसिटिङ्, फ्रिलान्सिङ वा दोस्रो जागिर खोजेर भएपनि सबैले थोरै थप कमाउने विकल्प खोज्नु पर्ने हुन्छ । यदि तपाईं त्यो अतिरिक्त प्रयास गर्न इच्छुक हुनुहुन्छ भने तपाईंले यी गतिविधिहरू गर्दा कमाएको रकम नगण्य लाग्न सक्छ, तर नबिर्सनुहोस् ।
पानीको सानो थोपा थोपाले शक्तिशाली सागर बनाउँछ । जब तपाईं आर्थिक संकटमा हुनुहुन्छ, प्रत्येक रुपैया गणना हुन्छ र कुनै पनि काम सानो हुँदैन । यसपछि तपाईले पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई तपाईको पूर्ण समय क्यारियर बनाउनको लागि कम पर्छ ।