माछापुच्छ्रे बैंकको नयाँ स्मार्ट खाताः चौका होइन छक्का, साढे ६ वर्षमा डब्बल पैसा पक्का

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्दती खाता सञ्चालनमा ल्याएको छ । उक्त खातामा ग्राहकहरूले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् । माछापुच्छ्रे बैंकले चौका होइन छक्का, साढे ६ वर्षमा डब्बल पैसा पक्का भन्ने स्मार्ट मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।

माछापुच्छ्रे स्मार्ट मुद्दती खाता न्यूनतम ५० हजार रूपैयाँमा नै खोल्न सकिनेछ । बैंकले खातामा साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई प्रदान गर्ने जनाएको छ । इच्छुक ग्राहकले बैंकका देशभर रहेका १६५ शाखाहरुबाट यो खोल्न सक्नेछन् ।

माछापुच्छ्रे बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स