व्यक्तिगत समाचार प्रकाशन गरिएको विषयमा संस्थाको खण्डनसहितको प्रेस विज्ञप्ती

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले व्यक्तिगत अनियमितताको विषयमा समाचार सप्रेषण गर्दा संस्थागत रुपमा प्रेस विज्ञप्ती जारी गरेको छ । कोषका प्रवन्धक एवम् लेखा विभाग प्रमुख विक्रान्त आचार्यले गरेको अनियमिताको समाचार हाम्रोअर्थले खुलासा गरेपछि कोषमा प्रवक्ता विनोद पन्तले प्रेस विज्ञप्ती जारी गरेका छन् ।

हाम्रोअर्थले यसअघि आइतबार समाचार प्रकाशित गर्दा पनि कोषका सम्बन्धित व्यक्तिसँग आर्थिक अनियमितताको विषयमा बुझ्न चाहेको थियो । त्यसदिन पनि फोन उठेर र म्यासेज गर्दा समेत कुनै रेस्पोन्स नआएपछि समाचार प्रकाशित गरिएको थियो । आज शुक्रबार पनि कोषले निकालेको प्रेस विज्ञप्तीको विषयमा प्रवक्ता विनोद पन्त र डीसीईओ उषा पौडेलसँग बुझ्न खोज्दा कुनै रेस्पोन्स भएन ।
उक्त विज्ञप्ती प्रकाशित गर्दा कोषका नायव प्रबन्धक तथा आन्तरिक लेखा परीक्षण विभाग विनोद पन्त(प्रवक्ता) ले व्यक्तिले गरेको भष्ट्राचार नियन्त्रण गर्नुपर्ने ठाउँमा उल्टो बचाउ गरि प्रेस विज्ञप्ती जारी गरेको पाइयो ।

प्रकाशित प्रेस विज्ञप्तीलाई अध्ययन गर्दा कोषमा भष्ट्राचार संस्थागत रुपमा नै मौलाएको आवास भएको छ । पन्तले विज्ञप्ती प्रकाशित गर्दा सञ्चालक समिति तथा संस्था प्रमुखसँग स्वीकृत नलिई प्रकाशित गरेको जानकारी हाम्रोअर्थलाई प्राप्त भएको छ । पन्त आफै आन्तरिक लेखा परीक्षण प्रमुख भएर संस्थामा भएको आर्थिक तथा प्रशासनिक अनियमिततालाई प्रोत्साहित गरिरहेको प्रेस विज्ञप्तीबाट बुझिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स