मनाङ मर्स्याङदी क्लबको मूख्य प्रायोजकमा टोयोटा, २ वर्षका लागि २० लाख दिने

काठमाडौं । टोयोटाले मनाङ मर्स्याङदी क्लबलाई प्रायोजन गर्ने भएको छ ।

मुख्य प्रायोजकको रुपमा नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (युटीएस)ले क्लबलाई दुईवर्षको लागि प्रायोजन बापत कुल २० लाख रुपैयाँ प्रदान गर्ने सार्वजनिक गर्दै एक कार्यक्रमका बीच सझौता गरेको छ ।

युटीएसका अध्यक्ष सुरज वैद्य र एन्फाका अध्यक्ष कर्म छिरिंङ्ग शेर्पा अतिथिका रुपमा उपस्थितमा रहेको छ । उक्त कार्यक्रममा युटीएसका बिजनेस रिसर्च अनालिस्ट सुर्यांश वैद्य र मनाङ मर्स्याङदी क्लबका महासचिव तेञ्जिङ गुरुङबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

खेलकुद र अटोमोवाइल क्षेत्र देशकै ठुलो उद्यम भएको र यसमा सरकारको लगानी र चासोको पनि आवश्यकता रहेको कुरालाई प्रस्ट्याउन समेत यो प्रायोजनले निकै ठुलो भूमिका खेल्ने युटीएसका सुर्यान्स वैद्यले जनाए ।

स्मरण रहोस टोयोटाले यस अघिपनि क्लबलाई प्रायोजन गरेको थियो । सोहि, साथलाई सुद्रिढ पार्दै फेरी पनि आगामी दुइ वर्षको लागि यो सम्झौता भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स