बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुने, कतिको हातमा पर्दे छ सेयर ?

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आज बाँडफाँड हुने भएको छ । आज (शुक्रबार) बिक्री प्रबन्धक सानिमा क्यापिटलले आफ्नै कार्यालयमा दिउँसो ३ बजे आइपीओ बाँडफाँड गर्न लागेको हो ।

कम्पनीको आईपीओमा १८ लाख ४८ हजार ७ सय १ जनाले आवेदन दिएका थिए । जुन माग भन्दा १६.०९७ गुणा बढी हो ।

मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण हुनेछ । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी एक लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले मात्रै सेयर हात पार्नेछन् । बाँकी १७ लाख १२ हजार २ सय १ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म अंकित मूल्य १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स