फेरि ६.५२ पैसाले बढेर आयो पेट्रोलको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । इण्डियन आयल कर्पोरेशन (आइओसीले) पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको हो ।

जस अनुसार पेट्रोलमा ६.५२ पैसा, डिजेलमा १९.०२ पैसा र हवाई इन्धनमा १९.९१ रुपैयाँले बढेको निगमले जनाएको छ ।

रुस-युक्रेन युद्ध जारी रहिरहेका बेला पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कायम रहेको मूल्य अनुसार इण्डियन आयल कर्पोरेसनले बढेको मूल्यसहित नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खरिद लागत २०९ रुपैयाँ २८ पैसा पुगेको छ । हाल पेट्रोलको खुद्रा बिक्री मूल्य १७८ रुपैयाँ रहेकोमा प्रति लिटर पेट्रोलमा ३१ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले जनाएको छ ।

यस्तै, डिजेलको खरिद लागत बढेर २०२ रुपैयाँ पुगेको छ भने डिजेको खुद्रा बिक्री मूल्य १६५ रुपैयाँ रहेको छ । डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा घाटा रहेको निगमले जनाएको छ ।

एलपी ग्याँसको खरिद लागत यथावत छ । तर, जुन १ को लागत र हालको बिक्री मूल्य प्रति सिलिन्डर १८०० बिक्री मूल्यअनुसार निमगलाई प्रति सिलिन्डर ७५१ रुपैयाँ १४ पैसा घाटामा रहेको जनाइएको छ ।

नयाँ मूल्यसूची अनुसार समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ४ अर्ब ८१ करोड र मासिक घाटा ९ अर्ब ६३ करोड पुग्ने अवस्था रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स