नबिल बैंकमा आकर्षक सुविधा सहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा

काठमाडौं । नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा ल्याएको छ ।

बैंकले पर्यावरणमैत्री तथा दिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ ‘नबिल इको फ्रेन्डली बिजनेश लोन’ सुविधा ल्याएको हो ।

यस कर्जा सुविधा अन्तर्गत बैंकले फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित, पर्यावरणमैत्री तथा वनविनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरुलाई साविककोभन्दा शून्य दशमलब ५ प्रतिशतभन्दा (०.५) कममा कर्जा उपलब्ध गराउनेछ ।

बैंकले पर्यावरणमैत्री व्यवसायीहरुको व्यवसाय बढाउन मद्दत गर्नको लागि क्षमता अभिवृद्धि कार्यक्रमहरू र व्यवसाय विकास तथा परामर्श सुविधाहरु प्रदान गरि व्यवसायीहरू माझ वित्तिय पहुचमा जोड दिने बताएको छ । साथै, आफ्ना ग्राहकसम्म व्यवसायको उत्पादन र सेवाहरु वितरणलाई सहज बनाउने उदेश्यले नबिल एसएमइ सहकार्य योजनामा आवद्ध गराउनेछ ।

नबिल बैंकले १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत नेपालमा बैंकिङ सुविधा दिइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स