नेप्सेमा छायो हरियाली, १ अर्ब १८ करोडको कारोबार, ३ कम्पनीमा सर्किट

काठमाडौं । सेयर बजार खोलेको चौथो दिन नेप्सेमा हरियाली छाएको छ ।

बिहीबार, नेप्से परिसूचक १२.५७ अंकले बढेर १९७८.९४ अंक विन्दुमा आइपुगेको छ ।

आज ३५ लाख ९४ हजारको कित्ता सेयर १ अर्ब १८ करोड ७१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ लाइफ इन्सोरेन्स र ईन्भेष्टमेन्ट बाहेक सबैमा हरियाली छाएको छ ।

आज १३७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४५ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आधिखोला लद्युवित्त वित्तिय संस्थामा १०%, रिभर फल्समा ९.९७% र सामुदायिक लद्युवित्तमा ९.९६ प्रतिशतको सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स