ब्रोकरले टीएमएस राख्न पाउने व्यवस्थासहित नेप्सेले गर्यो धितोपत्र कारोबार सञ्चालन विनियमावली पारित

काठमाडौं । ब्रोकरहरूले आफ्नै धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) राख्न पाउने गरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र कारोबार सञ्चालन (तेस्रो संसोधन) विनियमावली, २०७९ स्वीकृत गरेको छ । बोर्डले स्वीकृत गरेको विनियमावली आइतबारदेखि कार्यान्वयमा आउने छ ।

नेप्सेमा सञ्चालक समितिको गत साता बसेको बैठकले उक्त विनियमावली स्वीकृत गरेको हो । नेप्सेले उक्त विनियमावली स्वीकृत गरेसँगै धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई आफ्नै धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) राख्ने बाटो खुलेको छ ।

ब्रोकरले सञ्चालन गर्ने टीएमएसमा विजनेश रिकभरी म्यानेजमेन्ट र रेस्पोन्स सिस्टम स्थापना भएको, डिजास्टर रिकभरी साइट स्थापना गरिएको, टीएमएसका लागि आवश्यक पर्ने सर्भर, भण्डारण क्षमता, सुरक्षा व्यवस्था, नेटवर्क र स्वीच तथा अन्य पूर्वाधार नेप्सेले तोके बमोजिम हुनुपर्ने छ ।

ब्रोकर आफैले टीएमएस सञ्चालन गर्न आवश्यक पर्ने हार्डवेयर तथा सफ्टवेयरको फेल ओभर सम्बन्धी व्यवस्था र सोको समय समयमा परीक्षणको लागि मापदण्ड पुरा गरेको हुनुपर्ने छ ।

उक्त मापदण्डमा नेटवर्क सम्बन्धी घटना, गडबडी र आक्रमण पहिचानको लागि सुरक्षा अनुगमन प्रणाली स्थापना गरेको हुनुपर्ने छ ।

साइबार आक्रमण सम्बन्धी घटना र समस्याहरूको निराकरणका लागि तत्काल सम्बोधन गर्ने व्यवस्था तथा सुरक्षाको लागि अनुगमन र सम्बोधन गर्ने प्रणाली स्थापना गरेको हुनुपर्ने छ ।

सुरक्षा तथा अनुपालनाका लागि पासवर्डको सुरक्षा, निष्कृय ग्राहकको खाताको पहुँचमा रोक, कारोबार व्यवस्थापन प्रणाली चालू रहेको अवधिको सुरक्षा, कारोबार सदस्यको कोड र परिचय, अनिवार्य अग्रिम रकम वा मार्जिन संकलन, सपरीक्षणको अभिलेख र लग इन ट्रयाक हुनुपर्ने व्यवस्था विनियमावलीले गरेको छ ।

नेप्सेले विनियमावली संसोधनका लागि बोर्डमा मस्यौदा पठाएको थियो । बोर्डले उक्त मस्यौदा आवश्यक संशोधन गरेर स्वीकृतका लागि नेप्सेमा पठाएको थियो । नेप्सेले स्वीकृत गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स