बीमा विधेयक अर्थ समितिबाट पारित

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलको क्रममा रहेको बीमा विधेयक, २०७५ अ पारित भएको छ । आज बसेको अर्थ समितिको बैठकले बीमा विधेयक पारित गरेको समितिका सभापति कृष्ण प्रसाद दाहाल जानकारी दिए ।

‘आज बसेको बैठकले बीमा विधेयक २०७५ पारित गरेको हो,’ उनले भने ‘ यसअघि पटक पटक भएको छलफलपछि आज अन्तिम छलफल भएको हो ।’
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्व रक्षामन्त्री मिनेन्द्र रिजालसहितका सांसदहरूको उपस्थितिमा बीमा विधेयक पारित भएको हो । बैठकमा बीमा शुल्क, अर्थ मन्त्रालयको प्रतिनिधित्व कसले गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

अर्थमन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्ण हरिपुस्कर, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा समितिकै निर्देशकद्धय सुशिलदेव सुवेदी र दिनेशलाल कर्ण सहभागी थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स