ग्लोबल आइएमई र बैंक अफ काठमान्डूबीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूबीच मर्जर सम्झौता सम्पन्न भएको छ। बिहीबार दुई बैंकबीच होटल याक एण्ड यतिमा मर्जर सम्झौता सम्पन्न भएको हो।

दुवै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको हो। मर्जर सहमतिपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

दुवै बैंकबीच एक बराबर एक कित्ता सेयर अर्थात समान स्वाप अनुपातमा मर्जरको लागि सहमति जुटेको छ।

नयाँ बैंकको नाममा ग्लोबल आइएमइ बिओके बैंक हुने छ। नयाँ बैंकको प्रमुख कार्यकारीमा ग्लोबलका रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन्। बिओकेका श्रवण मास्के त्यसपछिको स्थानमा हुने छन्।

मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ। पुँजीका हिसाबले मर्जरपछि बैंक सर्वाधिक ठूलो हुने छ। मर्जरपछि पुँजी कोष ५२ अर्ब २९ करोड रुपैयाँको हुने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स