यति धेरैले बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर ९७ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ४५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १२ सय ६५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स