बागमती प्रदेशसभामा ७० अर्ब ९३ करोडको बजेट सार्वजनिक

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको आव २०७९/०८० को करिब ७० अर्ब ९३ करोडको अनुमानित बजेट सार्वजनिक गरेका छन् ।

बजेटमा चालुतर्फ १९ अर्ब दुई करोड ४१ लाख र पूँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख बजेट विनियोजन गरिएको छ । बजेटमा सरकारले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ । वित्तीय हस्तान्तारणतर्फ आठ अर्ब ३५ करोड ३७ लाख र वित्तीय व्यवस्थातर्फ दुई अर्ब विनियोजन गरिएको छ ।

बजेटमा कृषितर्फ रासायनिक मल उत्पादन कारखाना स्थापना, स्वास्थ्यतर्फ अस्पताल स्तरीकरण, हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा प्रारम्भ गर्ने, शिक्षातर्फ विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको योजना समावेश गरिएको छ ।

बजेटमा रोजगारी सिर्जना गर्न, सीमान्तकृत समुदायको विकासका योजना, चेपाङ संरक्षित क्षेत्र घोषणा गर्नेलगायतका विषय समेटिएका छन् । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक आजै आधा घण्टापछि बस्ने गरी स्थगित गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स