नेपालको भौगोलीक अवस्था हवाइ उडानका लागी , विश्वका खतरनाक मध्य मानिन्छ । नेपालमा बेलाबेलामा जहाज दु्र्घटना भएर धेरै नेपालीहरुलाई मर्माहित र शोकाकूल बनाएको उदाहरण धेरै छन् । यसै सन्दर्भमा आज त्रिभूवन विमान स्थलमा एउटा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा जहाज दु्र्घटना भएपछि कसरी उद्धार हुन्छ भनेर दृश्यगत शैलीमा देखाइएको थियो ।
त्रिभुवन विमानस्थलको चौरमा हवाइजहाजका टु«का्रहरु यत्रतत्र छरिएका थिए । एउटा कुनाका दमकल तयारी अवस्थामा राखिएको थियो भने अर्को कुनामा स्थानिय बासिन्दाको प्रतिकात्मक रुप राखिएको थियो ।
सो क्रममा नेपाली सेना, नेपाल प्रहरीलगायतका सुरक्षा निकाय, स्वास्थ्यकर्मी र अग्नि नियन्त्रकको टोलीले पूर्वाभ्यास गरेको थियो । जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्यसको प्रतिकार्यको अभ्यास कार्यका लागि आधा घण्टा विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल सङ्कटकालीन योजना उक्त अभ्यास गरिँदा आकाशमा कालो धुँवाको मुस्लो देखिएको थियो भने दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि सक्रिय पारिएको थियो । यसरी गरिएको उक्त पूर्वाभ्यासले एक छिन त साँच्चिकै दुर्घटना भयो कि भन्ने भानसमेत परेको थियो