नेप्सेमा गिरावट कायमै, दुई कम्पनीमा सर्किट

काठमाडौं । सेयर बजार खोलेको तेस्रो दिन पनि नेप्सेमा गिरावट कायमै रहेको छ ।

बुधबार, नेप्से परिसूचक २९.८९ अंकले घटेर १९६६.३७ अंक विन्दुमा आइपुगेको छ ।

आज ४१ लाख ४२ हजारको कित्ता सेयर १ अर्ब ४९ करोड १७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।

आज २० वटा कम्पनीको सेयर मूल्य बढ्दा १७३ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आधिखोला लद्युवित्त वित्तिय संस्था र सिवाईसी नेपाल लद्युवित्तमा ९.९९ प्रतिशतको सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स