रसुवागढी हाइड्रोपावरले पायो आईपीओ निष्काशनको लागि बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रसुवागढी हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको छ । बोर्डले जेठ ३१ गते कम्पनीलाई आइपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयको लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १ सय कित्ता सेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीको सेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स