तीन खर्बले बढ्यो चालु खाता घाटा

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाख रुपैयाँले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा २ अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा पुँजीगत ट्रान्सफर ७.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २६ करोड रुपैयाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भई १९ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १४ अर्ब २१ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा शोधनान्तर स्थिति १ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ अर्ब ८२ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स