बैंकहरुको कार्यालय समय परिवर्तन, यस्तो छ नयाँ समय तालिका

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १ गतेदेखि लागू हुने गरि कार्यालय समय तय गरेको छ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै असार १ गतेदेखि लागू हुने गरि राष्ट्र बैंकले बैंकहरुको नयाँ कार्यालय समय निर्धारण गरेको हो ।

जस अनुसार बैंकको कार्यालय समय २०७९ असार १ गतेदेखि २०७९ कार्तिक १५ गतेसम्म तथा २०७९ माघ १६ गतेदेखि २०७९ चैत्र मसान्तसम्म बिहान १०ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म कार्यालय समय कायम हुने छ।

२०७९ कार्तिक १६ गतेदेखि २०७९ माघ १५ गतेसम्म बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म कार्यालय समय कायम गरिएको छ । प्रत्येक शुक्रबार बिहान १०ः०० बजेदेखि अपरान्ह १ः३० बजेसम्म कार्यालय समय कायम गरिएको छ ।

त्यस्तै, बैंकिङ कारोबार समय भने २०७९ असार १ गतेदेखि २०७९ कार्तिक १५ गतेसम्म तथा २०७९ माघ १६ गतेदेखि २०७९ चैत्र मसान्तसम्म बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म कायम गरिएको छ। २०७९ कार्तिक १६ गतेदेखि २०७९ माघ १५ गतेसम्म बैंकिङ कारोबार समय बिहान १०ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म कायम गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स