नियामक निकायले पुँजी बजारलाई वेवास्ता गर्दा अधिराज्य भरि लगानीकर्ता आन्दोलित

काठमाडौं । सेयर लगानीकर्ता तिलक कोइरला भोली (असार १ )गतेदेखि अनशन बस्ने भएका छन् । कोइरलाले नेपाल धितोपत्र बोर्डको आगनमा बिहान ११ बजेदेखि अनसन बस्ने घोषणा गरेका हुन् ।

पुँजी बजार सुधार संघर्ष समितिमार्फत् कोइरालाले सेयर धितो कर्जाको ४/१२ नीति खारेज, ५८ बुँदे सुझाव कार्यान्वयन, नयाँ ब्रोकरलाई लाइसेन्स लगायत १९ बुँदे माग लिएर उनले आन्दोलनको घोषणा गरिसकेका छन् । आन्दोलनको कार्यक्रममा उनले असार १ गतेदेखि अनशन बस्ने औपचारिक घोषणा मंगलबार पत्रकार सम्मेलन गरी गरेका हुन् ।

कोइरालाको आन्दोलनमा १० वटा लगानीकर्ता संघले साथ दिएका छन् । पुँजी बजार सुधार संघर्ष समितिको मंगलबार बसेको बैठकले ४ वटा समिति गठन गरेको छ । जसमा व्यवस्थापन समिति, आर्थिक समिति, जनपरिचालन समिति र प्रचारप्रसार समिति हुन् ।

आर्थिक उपसमितिको संयोजकमा पवित्र निरौला खरेल, व्यवस्थापन उपसमितिको संयोजकमा दिपेन्द्र अग्रवाल, प्रचार प्रसार उपसमितिको संयोजकमा रोहन कार्की र मिडिया संयोजन उपसमितिको संयोजकमा एसपी चौलागाई रहेका छन् । उपसमितिका संयोजकहरुले अन्य सदस्य आफैले चयन गर्ने छन् ।

पुँजी बजारको विकास र ५२ लाख लगानीकर्ताको लगानी सुरक्षित गर्न १९ बुँदे माग सहित आन्दोलन घोषणा गरेको कोइरलाको भनाइ छ । आन्दोलनलाई पूर्णता दिन अनशन बसेको भन्दै सरकार र सम्बन्धित निकायले दमन गरे त्यसको विरोधमा जनता उत्रिने उनले बताए ।

सोही माग पुरा गर्न सरकार र सम्बन्धित निकायले समय रहँदा नै कदम नचाले मन्त्री र पदमा बस्ने कुर्सी जलाएर उनीहरुलाई नै सडकमा ल्याएर जनताले कारवाही गर्ने उनले बताएका हुन् ।

‘हाम्रो संर्घष पुँजी बजार विकासको लागि हो, संसारका धेरै ठाँउमा लगानीकर्ताले पुँजी बजारका लागि आवाज उठाउँदै लगानीकर्ताहरुले मन्त्री र पदमा बस्नेहरुको कुर्सी जलाउने र उनीहरुलाई सडकमै ल्याएर कारवाही समेत गरेका छन्, हाम्रो माग पनि समयमै पुरा नभए त्यही बाटो रोज्न बाध्य हुनेछौं ।

त्यसैले जनतालाई आक्रोस् बनाउने काम कसैले नगर्नु होला’ कोइरालाले असार १ गतेदेखि बस्ने अनसनको बारेमा जानकारी दिँदै पत्रकारहरूसँग भने, ‘लाखौं लगानीकर्ता पुँजी बजारमा आवद्ध छन्, भोलि हाम्रो माग पुरा नहुँदाको उनीहरूको आक्रोस सरकारले थाम्न सक्छ ।

१० कित्ता आईपीओ भर्ने लगानीकर्तादेखि अर्बौ लगानी गर्ने ठूला लगानीकर्ता, मर्चेण्ट बैंकरहरू पुँजी बजारमा आवद्ध छन्, ४५ लाख लगानीकर्तालाई आक्रोसित बनाउने काम नगरियोस् ।’

कोइराला असार १ गतेदेखि नेपाल धितोपत्र बोर्डको आगानमा अनसन बस्दैछन् । उनको शान्तिपूर्ण अनशनमा बोर्डले भड्काउने काम गरे भोलिको दिनमा बोर्ड नै नरहने गरी हिंसात्मक आन्दोलनका कार्यक्रमहरू लगानीकर्ताहरूले गर्ने उनको चेतावनी हो ।

‘पुँजी बजार सुधारको माग नै तिमीहरूले राख्न पाउँदैन भन्दै बोर्डले अनसन बस्न नदिने भन्छ वा बल प्रयोग गरी हटाउने प्रयासमा दमन हुन्छ भने त्यसको विकल्प आम लगानीकर्ताले खोज्छन्, त्यो बेला बोर्डको कार्यालय वा अस्तित्व नैै रहन्छ रहँदै वा कहाँ सर्छ भन्ने कुरा आउन सक्छ,’ उनले भने, ‘अहिले पुँजी बजारको विकास र विस्तार, ५२ लाख लगानीकर्ताको लगानीको सुरक्षाको लागि हामीले अर्जुन दृष्टिले हेरेर अनशनको कार्यक्रम शुरु गर्न लागेको हौं, सरकार बोर्डले यो कुरा बुझेर पनि हामी माथि अमानविय व्यवहार गर्छ भने हामीले पनि कडा ढंगले सोच्नु पर्ने बाध्यता रहन्छ ।’

सरकार र सम्बन्धित निकायले पुँजी बजारको लागि राखिएको १९ बुँदे मागलाई वास्ता नगरे लाखौं लगानीकर्ता हिंसक भएरै सडकमा उत्र्रने र त्यसको आक्रोस सरकारले थाप्न नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स