कर्मचारीको बोनसका लागि बैंकहरुले छुटाए करिब ९ अर्ब, कुन बैंकको कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीको बोनसका लागि ८ अर्ब ८१ करोड ७० लाख रुपैयाँ छुटाएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्मको १० महिनामा कर्मचारीको बोनसका लागि सो रकम छ्ट्याएका हुन् । गत आवमा कर्मचारीहरूलाई बोनस उपलब्ध गराउन बैंकहरूले ९ अर्ब २३ करोड ८० लाख रुपैयाँ छुटाएका हु्न् ।

बैंक तथा वित्तीय संस्थाहरूले साउनदेखि बैशाखसम्म वित्तीय विवरणको आधारमा कर्मचारीका लागि बोनस छुटाएका हुन् । बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानले कुन नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । उक्त प्रावधान अनुसार बैंकहरूले कर्मचारीलाई बोनस वितरण गर्छन् ।

अधिकांश बैंकहरुले कुल नाफाबाट कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसलाई किस्ता किस्तामा वितरण गर्छन् । केही बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष समाप्तपछि प्राप्त आम्दानीको आधारमा साउनको दोस्रो साताभित्र र केहीले दशैंमा र वार्षिक साधारणसभामा बोनस वितरण गर्छन ।

चालु आर्थिक वर्षको १० महिनामा २६ वटा बैंकहरूले कर्मचारीको तलबको ४८ प्रतिशतसम्म बोनस छुटाएका छन् । बोनस जोडर १८ महिनासम्मको तलब पाउने भएकाले बैंकको जागिरलाई आकर्षण मान्ने गरिन्छ ।

चालु आवको समीक्षा अवधिमा कर्मचारीलाई सबैभन्दा बढी बोनस दिने बैंकमा ग्लोबल आईएमई बैंक शीर्ष स्थानमा रहेको छ । बैंकले ६६ करोड ८२ लाख हजार रुपैयाँ बोनसका लागि छ्ट्याएको छ । त्यसरी बढी बोनस छुट्याउने बैंकको दोस्रो सूचीमा एनआईसी एशिया बैंक परेको छ । बैंकले सो अवधिमा ६५ करोड २८ लाख रुपैयाँ बोनसका लागि छ्ट्याएको छ । कर्मचारीअहरूलाई बढी बोनस छ्ट्याउने बैंकको तेस्रो सूचीमा नबिल बैंक परेको छ । बैंकले आफ्ना कर्मचारीलाई बोनस वितरण गर्नको लागि चालु आर्थिक वर्षको १० महिनामा ६० करोड ७३ लाख रुपैयाँ छ्ट्याएको छ ।

यो अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंक र सेन्चुरी कमर्शियल बैंकले कर्मचारीको बोनसका लागि पैसा नछुट्याएको देखिएको छ ।

यो अवधिमा कर्मचारीहरूका लागि नेपाल बैंकले सबैभन्दा कम बोनस छुट्याएको छ भने सिभिल बैंक कर्मचारीलाई कम बोनस छुट्याउने बैंकको दोस्रो सूचीमा परेको छ । सरकारी स्वामित्वको अर्को बैंक कृषि विकास बैंक तेस्रो स्थानमा परेको छ । बैंकहरूले क्रमशः १६करोड ५४ लाख, १६ करोड ८२ लाख र १७ करोड १५ लाख रुपैयाँ कर्मचारी बोनसको लागि छुट्याएका हुन् ।

कर्मचारीका लागि बोनस कुन बैकको कति ?

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स