साढे १० करोड बढी राजश्व छलि गर्ने चार जना बिरुद्ध मुद्दा दर्ता

काठमाडौँ । राजश्व अनुसन्धान विभागले साढे १० करोड बढी राजश्व छलि गर्ने चार जना बिरुद्ध मुद्दा दर्ता गरेको छ । गत शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको बताइएको छ ।

अर्घाखाँची घर भई रुपन्देही बस्ने नसिपदिन मियाँ, पाल्पा घर भई न्यू मालिका ढुवानी सेवा बुटवलको कारोबार हेर्ने शंकरप्रसाद आचार्य, सिद्धार्थनगर घर भई न्यू मनकामना सप्लायर्स रुपन्देहीका प्रोप्राइटर रेखा जैसवाल र भारत दिल्ली गान्धीनगर घर भई काठमाडौँ १ निवासी आशिष सिंह बिरुद्ध मुद्दा दर्ता भएको हो ।

 

अभियुक्तहरुको मिलेमतोमा भारतबाट भन्सार चोरी पैठारी गरी मालवस्तु नेपाल भित्र्याई काठमाडौं लगायतका ठाउँहरुमा बिक्री वितरण गरी भन्सार महशुल, मूल्य अभिबृद्धि कर तथा आयकर नतिरी राजश्व चुहावट गरेको पाइएपछि मुद्दा दर्ता गरिएको हो ।

मियाँ, आचार्य, जैसवाल र सिंहलाई १ करोड ३८ लाख ५५ हजार ५ सय ३८ रुपियाँ र जैसवाल, मियाँ र सिंहलाई ९ करोड २१ लाख ९५ हजार ३६ रुपियाँ रुपियाँ बिगो कायम गरी बिगोको शतप्रतिशत जरिवानासहितको माग दाबीसहित मुद्दा दर्ता गरिएको विभागद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स