ज्योति विकास बैंकका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरुलाई पोखरास्थित अन्नपूर्ण केबलकारमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । बैंक र केबलकारबीच बैंकका ग्राहकहरुलाई केबलकरको टिकटमा १० प्रतिशत छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख बिशाल लामिछाने तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात ज्योति विकास बैंकका ग्राहकले भिसा डेविट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसँगको सहकार्यमा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ।

ज्योति विकास बैंकले हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स