पिपुल्स पावरले आईपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले जेठ २७ गते आइपीओ निष्काशनका लागि अनुमति दिएको हो ।

कम्पनीको सेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

योसँगै अब कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३१ करोड बराबरको ३१ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ ।

पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स