सेयर धितो कर्जा घटाउँदै ऋणी, १० महिनामा १५ अर्बले घट्यो मार्जिन कर्जा(कुन बैंककोे कति घट्यो)

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडाइ गरेपछि बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा घटाउ्ँदै लगेका छन् । तरलता अभावका कारण बैंकको ब्याजदर बढि रहेका बेला सेयर धितो कर्जा तिर्ने पनि विस्तारै बढ्दै गएका हुन् ।

साउनदेखि बैशाखसम्मको अवधिमा वाणिज्य बैंकहरूले सेयर कर्जा घटाएका छन् भने विकास बैंक र फाइनान्स कम्पनीले समीक्षा अवधिमा सेयर कर्जा बढाएका छन् ।

बैंक तथा वित्तीय संस्थाले चालु आवको साउनदेखि बैशाखसम्म १४ अर्ब ८६ करोड ४० लाख रुपैयाँले सेयर कर्जा घटाएका हुन् । उनीहरूले बैंशाख महिनामा मात्रै ३ अर्ब १७ करोड ७० लाख रुपैयाँ लोन तिरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैशाख महिनाको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा घटाएर ९१ अर्ब ४१ करोड ८० लाखमा सीमित गरेका छन् । गत आवको अत्य (२०७८ असार) सम्म बैंक तथा वित्तीय संस्थाको यस्तो कर्जा १ खर्ब ६ अर्ब २८ करोड २० लाख रुपैयाँ थियो ।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत ४१२ को क्याप लगाएपछि ठूला लगानीकर्ताले सेयर धितो कर्जा थप गर्न पाएका छैनन् भने कर्जा तिर्ने क्रम बढि रहेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

सो कारण ठूला ऋणीले सो कर्जा घटाउँदै लगेका छन् । सो कारण चालु आवको
१० महिनाको अवधिमा करिब १५ अर्ब रुपैयाँले सेयर धितोकर्जा घटेको छ । यो अवधिमा वाणिज्य बैंकहरूले बैशाख महिनामात्रै ३ अर्ब २४ करोड सेयर धितो कर्जा तिरेका छन् ।

चैत महिनासम्म वाणिज्य बैंकहरूले सेयर धितो कर्जामा ७८ अर्ब ४१ करोड कर्जा लिएका थिए भने बैशाखमा सो कर्जा घटेर ७५ अर्ब १६ करोडमा झारेका छन् । गत आवको अन्त्यसम्म वाणिज्य बैंकहरूको यस्तो कर्जा ९० अर्ब ९२ करोड रुपैयाँ थियो ।
त्यसरी विकास बैंकले पनि सो अवधिमा कर्जा बढाएर १२ अर्ब ५२ करोड ८० लाख रुपैयाँमा कर्जा पुर्याएका छन् । ‘ख’ वर्गका यी बैंकहरू गत चैतसम्म यस्तो कर्जा १२ अर्ब १४ करोड ५० लाख रुपैयाँ रहेको थियो । विकास बैंकको गत आवको अन्त्यमा यस्तो कर्जा १२ अर्ब १९ करोड रुपैयाँ थियो ।

फाइनान्स कम्पनीहरूले पनि यो अवधिका कर्जा बढाएर ४ अर्ब ५ करोड ५५ लाख रुपैयाँ पुर्याएका छन् । गत चैतसम्म फाइनान्स कम्पनीहरूको यस्तो कर्जा ४ अर्ब ४ करोड थियो भने गत आवको अन्त्यसम्म फाइनान्स कम्पनीहरूले सेयर धितो कर्जामा २ अर्ब ८२ करोड ३० लाख रुपैयाँ लगानी गरेका थिए ।

सेयर बजारका ठूला खेलाडीको राष्ट्र बैंकलदे तोकेकोभन्दा बढी कर्जा लिएका कारण उनीहरूले कर्जा थप्न पाएनन् भने साना लगानीले कर्ताले घट्दो बजारलाई विश्वास गर्न सकेनन् । आम लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा भएकाले सेयर कर्जा घटेको हो । बैंकहरूको कर्जा दिन नसक्दा र ठूलो लोनीले कर्जा घटाउँदा कर्जा घटेको हो ।

यस्तो बैंकहरूले सेयर धितोमा प्रदान गरेको कर्जाको अवस्था :

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/06/data-of-rastra-bank-1.docx” viewer=”microsoft”]

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स