साढे १७ अंकले बढ्यो नेप्से, ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । नेप्से १७.५७ अंकले बढेर ३०९४.०१ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीको सूचक ३.४ अंकले बढेको छ । साताको अन्तिम दिन नेप्सेमा २३२ कम्पनीका सेयर १ लाख ३० हजार ९३८ पटक कारोबार भएको छ ।

२ करोड १६ लाख ९० हजार कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब ४२ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार होटल एण्ड टूरिजम, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइन्नान्स उपसमूह बढेको छ ।

बैंकिङ, ट्रेडिङ, नन् लाईफ इन्स्योरेन्स, उत्पानमुलक, अन्य, लाईफ इन्स्योरेन्स, म्युचल फण्ड र इन्भेष्टमेन्ट उपसमूह घटेको छ ।

नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, अरुण भ्याली हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोल जलविद्युत, घलेम्दी हाइड्रो, जीवन विकास लघुवित्त वित्तीय संस्था र खानी खोला हाइड्रो पावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स