काठमाडौं । घट्दो बजारका कारण आक्रोसित बनेका लगानीकर्ताहरूले अव सरकारले जस्तो सुकै दण्ड दिएपनि पछि नहट्ने बताएका छन् । गत सातादेखि नै आन्दोलनमा उत्रिएको लगानीकर्ताहरूको संर्घष समितिले असार १ गतेदेखि आमरण अनशन बस्ने उद्घोष गरिसकेको छ । पुँजी बजारको विषयलाई लिएर गरिएका निर्णय र लगानीकर्ताहरू राखेका ५८ बुँदे मागमध्ये कार्यान्वयन हुन बाँकी माग कार्यान्वयन गर्ने सरकारले प्रतिवद्धता नगरेसम्म अनशन नतोड्ने गरी आन्दोलनमा उत्रिएको लगानीकर्ता दिपेन्द्र अग्रवालले बताए ।
‘लागनीकर्ताले राखेको ५८ बुँदामध्ये कार्यान्वयन हुन बाँकी १९ बुँदा कार्यान्वयन नभएसम्म हाम्रो आन्दोलन अव रोकिदैन,’ उनले भने ‘हामीले संर्घर्ष समितिका संयोजक तिलक कोइरालालाई अनशनबीचैमा छोड्ने भए अनशननै नबस्न आग्रह पनि गरेका छौं । यो आन्दोलन हामीलाई पार लगाउने कोशे ढुंगाजस्ताो हुनेछ ।’
‘हामी अव सरकारले गोलि चलाएपनि वा चक्कु रोपेपनि हाम्रो माग पुरा नभएसम्म पछि हट्दैनौ,’ उनले भने ‘अर्थमन्त्री र गभर्नरको टसलमा लगानीकर्ता पिल्सिएका छन् ।’ हामीहरू माथि अन्याय भएको छ ।’ कहिले कुन नीति परिमार्जन गरेर त कहिले कुन नीति लागू गरेर हुन्छ लगानीकर्ताहरूलाई कुण्ठित बनाइएको उनको आरोप छ ।
नीतिगत सुधार गरेर लगानीकर्ताको हितमा लाग्नुपर्नेमा उल्टै राष्ट्र बैंकले ४/१२ को नीति, ९० प्रतिशतको सीडी रेसियो, लाभांशमा लगामलगायत अन्य पुँजीबजारमा प्रतिकूल पार्ने नियमहरू लागू हुँदा बजार यसरी २ हजार विन्दुसम्म तल झरेको हो । नीतिगत रुपमै भ्रष्ट्राचार भएपछि बजार यसरी ओर्लिएको हो । गभर्नर महाप्रसाद अधिकारीले आफ्नो अख्तियारको दुरुपयोग गरेको उनको भनाइ छ ।
‘गभर्नरले लिएको यस्तो नीतिका कारण हामी लगानीकर्ता बैंकको ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगिसकेका छौं,’ उनले भने ‘बैंकले पनि राष्ट्र बैंकले जस्तै हामीलाई शोषण गरिरहेको छ । हामीहरूले लिएको लोनमा ७ प्रतिशतसम्म प्रिमियम लगाएर हामीलाई उठ्नै नसक्ने गरी थला पारेको छ ।’
अव लगानीकर्ता आन्दोलनमा उत्रिए, यसको छिनोफानो नभएसम्म संर्घष जारी राख्ने बताउँदै उनले भने ‘नियत मै खोट भएपछि हामी जस्ता लगानीकर्ताले आन्दोलन गर्नु परेको हो ।
वास्तवमा राष्ट्र बैंकको नीतिका कारण घटेको सेयर बजार तरलता सहज हुने वित्तीकै बैंकको ब्याज घट्ने र फेरि ३२ सय विन्दुभन्दा माथि सेयर बजार जानेमा आफूहरू आशावादी भएको बताउँछन् । प्रतिशोध साट्न भन्दा बजारलाई दिगो बनाउन तिर सरकार र साष्ट्र बैंक लाग्नु पर्ने उनको भनाइ छ ।
गत सातादेखि नै आन्दोलनमा उत्रिएको लगानीकर्ताहरूको संर्घष समितिले असार १ गतेदेखि आमरण अनशन बस्ने उद्घोष गरिसकेको छ । पुँजी बजारको विषयलाई लिएर गरिएका निर्णय र लगानीकर्ताहरू राखेका ५८ बुँदे मागमध्ये कार्यान्वयन हुन बाँकी माग कार्यान्वयन गर्ने सरकारले प्रतिवद्धता नगरेसम्म अनशन नतोड्ने गरी आन्दोलनमा उत्रिएको लगानीकर्ता दिपेन्द्र अग्रवालले बताए ।