काठमाडौं । विश्वमा अटिजम र डाउन सिन्ड्रोम लक्षण भएका बच्चाको संख्या वर्षेनी बढ्दै गइरहेको छ । विश्वमा प्रत्येक सयमा एकजनामा अटिजम भएको अनुमान गरिएको छ । जसमध्ये यस्ता लक्षणका रोगी नेपालमा २.५ लाख देखी ३ लाखको हाराहारीमा छन् ।
बोलनमा कठिनाइ हुनु, आँखा जुदाएर नबोल्नु , अवाज ननिसक्नु , अरुको नक्कल गर्न नसक्नु आदि अटिजम अथवा डाउन सिन्ड्रोमको लक्ष्यण हो । नेपालका विस्तृत तथ्यांकको अभावले यसको बारेमा सम्पूर्ण जानकारी पाउन कठिनाइ छ ।
राउन्ड टेबल नामक एक संस्थाले काठमाडौंमा अटिजम र डाउन सिन्ड्रोम भएका बच्चाहरुलाइ एउटा स्कूल खोल्ने घोषणा गरेको छ । विभिन्न सामाजिक आयाममा सक्रिय हुँदै आएको संस्थाले नेपालमा अटिजम लागेका बच्चाहरुका लागी स्कूलको आवश्यक ठानि कोष संकलनको काम सुरु गरेको छ ।
यही आउने शनिबार अर्थात असार ४ गते मल्ल होटलमा फुड फेस्टिभल आयोजना गरेको छ । उक्त्त कार्यक्रमबाट उठेको सम्पूर्ण रकम स्कूल निर्माणमा लगाउने बताएको छ ।
कार्यक्रममा म्युजिक इभेन्ट साथसाथै बियर पार्टी पनि चल्ने बताएका छन् । युवाहरुले हाम्रो कुरा सुन्न आवश्यक छ र बियरजस्ता कुराले हामो्र कुरा युवामा सुनाउन सहयोग गर्छ भन्ने तर्क वियर नै किन भन्ने प्रश्नमा छ । प्रवेश शुल्क एक हजार भनिएको कार्यक्रममा एउटा बियर पनि निःशुल्क भनिएको छ ।