पूर्वका व्यवसायीलाई अर्थमन्त्रीले भने –‘तपाईहरूलाई नीतिले अप्ठ्यारो पारेको भए समाधान खोज्छु’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीसँग भेट गरेका छन । अर्थ मन्त्रालयमा भएको भेटमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष २०७९/८० को बजेटले वायर, तेल र स्यानिटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो राखेका थिए ।

सो भेटघाटमा अर्थ मन्त्री शर्माले उद्योगीहरूलाई बजेटमार्फत स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति लिएको प्रष्ट पारे । ‘बजेट तपाईहरूका लागि गरेको हो । देशको अर्थतन्त्रको लागि गरेको हो’ अर्थमन्त्री शर्माले भने, ‘हामीले स्वदेशी उद्योगलाई राम्रो गर्ने भनेर बजेटमा विभिन्न व्यवस्था गरेको छौं ।’

‘बजेटमार्फत हाम्रो उद्देश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन’ उनले भने, ‘हाम्रो नीति त्यस्तो पनि छैन । सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।’

अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुक भित्रै औद्योगीकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताए ।

आम महिलावर्गलाई राहत हुने गरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको पाए समाधान निकाल्न तयार रहेको पनि उनले जानकारी गराए । कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको उनले बताए ।

छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नविन रिजालले वायर, घ्यू तेल तथा स्यानिटरी उद्योगमा बजेटले पारेको प्रभावका गुनसो राखेधका थिए । सो अवसरमा उद्योगीहरूले सरकारी नीति आउँदा आत्मसाथ गर्ने वातावरण बनाइदिन आग्रह गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स