नेप्सेमा सिवाइसी नेपाल लघुवित्तको सेयर सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिवाइसी नेपाल लघुवित्तको सेयर सूचीकृत भएको छ । लघुवित्तको १०० रुपैयाँ अंकित दरको १२ लाख १६ हजार ४१८ कित्ता साधारण सेयर सूचीकृत भएको हो । कम्पनीको आइपीओ आज ‘सिवाइसिएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज ३४४ रुपैयाँ ३६ पैसादेखि १०३३ रुपैयाँ ८ पैसासम्म पाउने देखिएको छ ।

नेप्सेले जुन कुनै कम्पनीको पहिलो सेयर कारोबारको लागि वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा तीनगुणासम्म मूल्य निर्धारण गर्ने भएकोले उक्त रेञ्ज पाउने देखिएको हो ।

लघुवित्तको वास्तविक प्रतिसेयर नेटवर्थ ३४४ रुपैयाँ ३६ पैसा रहेको छ । कम्पनीको सेयर सोमबार ‘सिवाइसिएल’ सिम्बोलबाट कारोबारमा आउनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स