प्रोभिजिङको लिष्टमा थपिदैं बैंकहरू, ग्लोबलपछि राष्ट्रिय वाणिज्य र स्टाण्डर्ड चार्टड ……

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले वित्तीय अनुशासन परिपालना नगर्दा पछिल्लो समय राष्ट्र बैंकले प्रोभिजिङमा कडाइ गरेको छ । गत साता शुक्रबार ग्लोबल आईएमई बैंकलाई ३ अर्ब रुपैयाँ प्राभिजिङ गर्न पत्र काटेको राष्ट्र बैंकले यो साता फेरि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र स्टाण्डर्ड चार्टड बैकलाई प्रोभिजिङ थप गर्न लगाउने भएको छ । त्यस्तै गरिमा विकास बैंक र पोखरा फाइनान्सलाई पनि प्रोभिजिङ गर्न लगाउने निर्णय भएको छ ।

बैंकले राष्ट्रको सुपरिवेक्षण विभागले गरेको अडिटमा बैंकले प्रवाह गरेको कर्जा उच्च जोखिममा परेको र बैंकले वित्तिय अनुशासन कायम नगरेको फेला परेपछि यी बैंकहरूलाई प्रोभिजिङ गर्न लगाउने निर्णय भएको राष्ट्र बैंक उच्च स्रोतले बताएको छ ।

राष्ट्र बैंकले वाच लिष्टमा रहेको कर्जामा ५ प्रतिशत, शंखास्पद कर्जामा २५ प्रतिशत, स्पेशल कर्जामा ५० र खराब कर्जामा शतप्रतिशत प्रोभिजिङ गर्न लगाउने व्यवस्था गरेको हो ।

कोरोनाका कारण कर्जा तिर्न समस्या हुँदा बैंकहरूको प्रोभिजिङ बढ्दै गएको थियो । यो आर्थिक वर्ष लागेपछि प्रोभिजिङ राख्नुपर्ने लोन केहि घटेपनि अहिले भने ठूला र स्थापित बैंकको यस्तो कर्जा बढ्दै गएको छ ।

राष्ट्रिय वाणिज्य बैंक र स्टाण्डर्ड चार्टड बैंकलाई प्राभिजिङ रकम बढाउन भने पनि त्यति नै बढाउनु पर्छ भन्ने विषयमा भने राष्ट्र बैंक सुपरिवेक्षण विभागले अध्ययन गरिरहेको छ । यसका साथै अन्य बैंकको पनि यो त्रैमासमा यस्तो कर्जा बढ्ने देखिएको छ ।

यदि बैंकहरूको यसरी कर्जा जोखिम बढ्दै जाने हो भने मुनाफाबाट आर्जित सबै नाफा प्राभिजिङ गर्दै जानु पर्ने हुन्छ र आगामी वर्ष बैंकहरू लाभांश बाड्न नसक्ने अवस्थामा पुग्छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैशाखमसान्तसम्म राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब १३ करोड ५३ लाख रुपैयाँ रहेको छ भने स्टाण्डर्ड चार्टड बैंकको १६ करोड रहेको छ । पछिल्लो महिना यी दुई बैंकले प्रोभिजिङ गर्नुपर्ने कर्जा बढेको राष्ट्र स्रोतले जानकारी दिएको छ ।

अहिले राष्ट्र बैंकले धमाधम बैंकहरूको अडिट गर्ने काम गरिरहेको छ । अडिट भएका कतिपय बैंकको रिपोर्ट पास भइसकेको अवस्था छ । राष्ट्र बैंकले अन्य बैंकको वित्तीय प्रतिवेदन सुक्ष्म रुपमा हेर्ने गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स