आजदेखि सर्वसाधारणका लागि दोर्दीखोला जलविद्युतको आईपीओ बिक्री खुल्ला

काठमाडौं । दोर्दीखोला जलविद्युत कम्पनीले आज (जेठ २६) गते देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई २१ लाख ९५ हजार ५ सय ९ कित्ता सेयर निष्काशन गरेको हो ।

जस मध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८ सय ६५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७ सय ७५ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकी रहेको २० लाख १९ हजार ८ सय ६९ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १७ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।

कम्पनीको आईपीओमा छिटोमा जेठ ३१ गते सम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आषाढ ९ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स