आर्थिक वर्ष २०७६/७७ को बोनस दिने तयारीमा छौंः नारायण प्रसाद पौडेल

काठमाडौं । प्रभु लाइफ इन्स्योरन्सले आर्थिक वर्ष २०७६/७७ को लाभांश दिने तयारी गरिरहेको छ । अब हुने कम्पनीको साधारणसभाबाट सेयरधनीलाई दिने बोनस पास गर्ने तयारी गरेको प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले जानकारी दिए । ‘२०७७/७८ को साधारणसभाबाट बोसन पास हुनेछ,’ उनले भने ‘हामी आम सेयरधनीलाई उचित प्रतिफल दिनेछौ ।’

कम्पनी सञ्चालनमा आएको ४ वर्षमा सेयरधनीलाई बोनस दिन सक्ने अवस्थामा पुगेको हो । पछिल्लो पटक बजारमा आएको प्रभु लाइफ इन्स्योरेन २०७४ मंसिर २८ गते स्थापना भएको हो । कम्पनीको अहिले चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ भने धितोपत्र बजारको दोस्रो बजारमा बुधबार (भदौ ९ गते) ७६२ रुपैयाँमा सेयर कारोबार भइरहेको छ ।

कम्पनीले गत वर्ष सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गरेको थियो । सोही अनुरुप कम्पनीले आम सेयरधनीलाई अघिल्लो आर्थिक वर्षको बोनस दिन हो । उनले भने ‘के कति बोसन दिने हो, यो विषयमा भने सञ्चालक समितिको बोर्ड बैठकपछिमात्रै भन्न सकिन्छ ।’

बीमा व्यवसायमा विमाङ्कीय मूल्यांकनको विषय सबैभन्दा ठूलो र जटिल विषय हो । यसले समय लिने भएकोले समग्र बीमा कम्पनीले एजीएसम गर्न ढिला हुने गरेकोले पनि उनले गुनासो गरे ।

कम्पनी सञ्चालनमा आएदेखि नै सुशासनमा ध्यान पुर्याएर कार्य सम्पादन गरिरहेका छौं । समग्रमा आर्जनको हिसावले ठिकै पोजिसनमा भएपनि बजारमा भने हाम्रो उपस्थिति राम्रो भएको र आगामी दिनमा अझ व्यवसाय बढाउन विस्तार गर्दै लैजान उनले सीईओ पौडेलले बताए । ‘व्यापारमा प्रतिस्पर्धा छ,’ उनले भने ‘वित्तीय साक्षरता कम छ । यस विषयमा सचेतना गराउन धेरै बाँकी छ ।’

आम नागरिकलाई बीमाका विषयमा बुझाएन सकियो भने यो व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ ।’
‘प्रतिस्पर्धाको कुरा गर्दा नयाँ जीवन बिमा कम्पनीलाई पुरानाको र पुरानालाई नयाँको असर परेको हुन सक्छ, पुरानालाई पनि नयाँले केही असर परेको हुन सक्छ । बजारमा स्वस्थ र प्रतिस्पर्धी ढंगबाट जसले सेवा दिन सक्छ उसले नै बजारमा व्यवसाय बढी गर्ने हो या उसैले बढी हिस्सा लिने हो,’ उनले भने ।

अहिले बीमा व्यवसाय २७ प्रतिशतमा पुगेको छ । यसको अर्थ व्यवसायका लागि अझै ठूलो ठाउँ खाली छ भन्ने हो । यहि हिसावले कम्पनीको तर्फबाट सचेतना गराउने काम भइरहेको छ । ‘बीमा भनेको जोखिम वहनका साथै बचत पनि हो भन्ने कुरा हामीले आम नागरिकलाई बुझाउनु पर्ने छ,’ उनले भने ‘बीमा व्यवसाय भनेको माग र आपूर्तिको कुरा पनि हो ।’

आम नागरिकले कस्तो प्रडक्ट रुचाउँछन् अर्थात बजारमा कस्तो प्रडक्टको माग छ भनेर सोही अनुसारको पोलिसी ल्याउन सके बजार बढ्न समय नलाग्ने उनले बताए ।

बीमा बजारमा सम्भावना र अवसर दुबै छन् । अहिले बजार वर्षैपिच्छे बढ्दै गएको छ । जबसम्म स्याचुरेसनमा पुग्दैन तबसम्म सम्भावना रहिनै रहेन सीईओ पौडेलले बताए ।

‘प्रभु ग्रूप ब्रान्ड र पहिचानले पनि कम्पनीलाई अझ बढी स्ट्रेन्थ मिलेको छ । बजार विस्तार तथा स्थापित हुन मुख्य प्रवद्र्धक र व्यवस्थापन को छन् भन्ने कुराले पनि अर्थ राख्छ । यस हिसावले हामीलाई अन्य नयाँ कम्पनीको भन्दा बजारमा व्यवसाय गर्न अझ सहज भएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स