गरिमा क्यापिटल लिमिटेडको डिम्याट र मेरोसेयर खाता नविकरणमा विशेष योजना

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले डिम्याट र मेरोसेयर खाता खालेका सम्पूर्ण ग्राहक महानुभावहरुले आषाढ मसान्त भित्र बक्यौता रकम भुक्तानी गरी उक्त खाता नविकरण गर्नुपर्ने जनाएको छ ।

यसै क्रममा, आफ्ना ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै गरिमा क्यापिटल लिमिटेडले डिम्याट र मेरोसेयर खाता नविकरणमा विभिन्न विकल्पहरुका साथ देहाय बमोजिमका विशेष आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।

क) दश (१०) वर्षे डिम्याट र मेरोसेयर खाता नविकरण योजना :
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र ९ सय ९९ रूपैयाँ भुक्तान गरी दश (१०) वर्षको लागि हितग्राही र मेरोसेयर खाता नविकरण गर्न सक्नेछन् । यसबाट ग्राहकहरु आगामी दश (१०) वर्षको लागि हितग्राही र मेरोसेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त ुहुनेछन् ।

ख) पाँच (५) वर्षे डिम्याट र मेरोसेयर खाता नविकरण योजना :
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र ४ सय ९९ रुपैंया मात्र) भुक्तान गरी पाँच (५) वर्षको लागि हितग्राही र मेरासेयर खाता नविकरण गर्न सक्ने छन् । यसबाट ग्राहकहरु आगामी पाँच (५) वर्षको लागि हितग्राही र मेरोसेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्ने छन् ।

ग) आजीवन डिम्याट र मेरोसेयर खाता नविकरण योजना :
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र १ हजार ९ सय ९९ रुपैंया मात्र) भुक्तान गरी आजीवन हितग्राही खाता र मेरोसेयर खाता नविकरण गर्न सक्ने छन् । यसबाट ग्राहकहरु जीवनभर वर्षेनी हितग्राही र मेरोसेयर खाता नविकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुन सक्ने छन् ।

घ) नियमित एक (१) वर्षे डिम्याट र मेरोसेयर खाता नविकरण योजना :
यस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र १५० रुपैंया मात्र) भुक्तान गरी एक (१) वर्षको लागि हितग्राही र मेरोशेयर खाता नविकरण गर्न सक्ने छन् ।

साथै, हितग्राही र मेरोसेयर खाता नविकरणमा ग्राहकहरुको सहजताका लागि देहाय बमोजिका लिंकहरुको व्यवस्था गरिएको छ :
१. दश (१०) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण गर्नको लागि :
https://tinyurl.com/24rbw3tb
२. पाँच (५) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण गर्नको लागि :
https://tinyurl.com/24rbw3tb
३. आजीवन डिम्याट र मेरोशेयर खाता नविकरण गर्नको लागि :
https://tinyurl.com/24rbw3tb
४. नियमित एक (१) वर्षे डिम्याट र मेरोशेयर खाता नविकरण गर्नको लागि :
https://tinyurl.com/24rbw3tb

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स