नबिल बैंकले आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने

काठमाडौं । काठमाडौं महानगरपालिका र नबिल बैंक लिमिटेडबीच शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने सम्बन्धमा सम्झौता भएको छ ।

बुधबार बैंकले आफ्नो केन्द्रीय कार्यालय र १७ वटा शाखा कार्यालयका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिन काठमाडौं महानगरपालिकासँग सम्झौता भएको हो ।

सो सम्झौताअनुसार अब बैंकले तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शाखा कार्यालयका शौचालयलाई बैंकले सार्वजनिक रुपमा प्रयोग गर्न दिनेछ ।

शौचालय प्रयोग गरेवापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मत सम्भार, सफाई र पानीको प्रबन्ध बैंक आफैंले गर्ने जनाएको छ । उक्त सम्झौता ५ वर्षको हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स