असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन नपाइने, गरे कारबाही हुने

काठमाडौं । सडक विभागले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन नदिने भएको छ ।

बुधबार संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले एक सूचना जारी गर्दे वर्षायामको दुई महिना सडक खन्न र भत्काउन नदिने बताएको हो ।

वर्षायाममा धारा, ढल, बिजुली तथा टेलिफोन जस्ता प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

यसरी कसैले सूचनाको उल्लंघन गरि सडक खनेको वा भत्काएको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने पनि विभागको सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स