नेपाल नेतृत्वको पार्टीले पायो दल दर्ता प्रमाणपत्र, आधादर्जन मन्त्री बन्ने

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नव गठित नेकपा(एकिकृत समाजवादी) पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ । दलदर्ताको प्रमाणपत्र पाएसँगै नेपाल नेतृत्वको पार्टीबाट आधा दर्जन मन्त्री बन्ने भएका छन् ।

माधव नेपाल नेतृत्वको पार्टीबाट बिरोध खतिवडा, कल्याणी खड्का, मेटमणी चौधरी, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ लगायतमध्येबाट मन्त्री हुने सम्भावना रहेको श्रोतले बतायो । शुक्रबार अगावै नयाँ मन्त्रीहरुलाई सपथ ग्रहण गराउने तयारी रहेको सरकारले गरेको छ । नेपाल नेतृत्वको पार्टीको वैधानिकता कुरेर नै अहिलेसम्म सरकार विस्तारमा ढिलाइ भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स