जेठमा २० अर्बले बढ्यो निक्षेप, कर्जा भने ५ अर्बलेमात्रै वृद्धि

चुनावी पैसा बजारमा आउन थाल्यो

काठमाडौं । जेठ महिनामा निक्षेप ह्वात्तै बढेको छ । जेठ २० गतेसम्मको २० दिनमा वाणिज्य बैंकमा २० अर्ब रूपैयाँ निक्षेप बढेको हो । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार बैशाख ३० गते ४३ खर्ब ७० अर्ब रहेको निक्षेप जेठ २० गतेसम्म निक्षेप बढेर २० अर्ब बढेर ४३ खर्ब ९० अर्ब रुपैयाँ पुगेको हो ।

पछिल्लो समय पुँजीगत खर्चमा देखिएको प्रगति र चुनावमा भएको खर्च बैंकिङ प्रणालीमा फर्कने क्रमले निरन्तरता पाउँदा बैशाख १३ गतेदेखि २० गतेसम्मको अवधिमा ७ अर्ब रूपैयाँ निक्षेप बैकिङ प्रणालीमा थपिएको छ ।

यस्तै कर्जा प्रवाह २० दिनमा ४ अर्बले बढेको छ । पछिल्लो साता वाणिज्य बैंकबाट प्रवाह भएको कर्जा २ अर्बले घटेको देखिन्छ । बैशाख ६ गतेदेखि १३ गतेसम्मको अवधिमा कर्जा बढेर ४१ खर्ब ९८ अर्ब पुगेको थियो । त्यसयता भने २ अर्बले कर्जा घटेको छ ।

वाणिज्य बैंकका तरलता बढेसँगै निक्षेप कर्जा अनुपात (सीडी रेसियो) ९०.३२ मा कायम भएको संघले जनाएको छ । मौद्रिक नीतिले गरेको व्यवस्था अनुसार बैंकहरूले असार मसान्तभित्र यस्तो अनुपात ९० प्रतिशत भन्दा कम कायम गरिसक्नु पर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स