नेपाल बैंकको वित्तीय साक्षरता पुस्तिका सार्वजनिक

काठमाडौं । नेपाल बैंकले ‘आर्थिक समृद्घिका लागि वित्तीय साक्षरता’ नामक वित्तीय साक्षरता पुस्तिका प्रकाशन गरी सार्बजनिक गरेको छ । जेठ २३ गते प्रधान कार्यालय काठमाण्डौमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी,नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का, प्रधान कार्यालयका बिभिन्न बिभाग तथा डिभिजनका प्रमुखहरु लगायतको उपस्थितिमा उक्त पुस्तिका बिमोचन गरिएको थियो ।

बैंकको मार्केटिंङ तथा रिसर्च डिभिजनले तयार गरेको सो पुस्तिका विमोचन समारोहमा बैंकका सम्पूर्ण प्रदेशका प्रमुख र शाखा प्रबन्धकहरुकोसमेत भर्चुअल रुपमा उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्पूर्ण नेपालीहरुमा वित्तीय ज्ञान र चेतनाको स्तरमा अभिबृद्घि गर्न सो पुस्तिका उपयोगी हुने विश्वास व्यक्त गर्दै वित्तीय साक्षरता कार्यक्रमहरुको प्रभावकारीताबाट नै आर्थिक समृद्घि हुन सक्ने विचार व्यक्त गरे ।

सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम वित्तीय साक्षरताका कार्यक्रमहरु अगाडि बढाइएको धारणा व्यक्त गर्दै यस पुस्तिकाले वित्तीय साक्षरता अभिबृद्घि गर्न महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरे ।

मार्केटिंङ तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलले वित्तीय साक्षरता वित्तीय समाबेशिकरणको महत्वपूर्ण आयामको रुपमा रहेको उल्लेख गर्दै आगामी दिनमा सो पुस्तिकामा अझ सुधार र परिमार्जन गर्दै लैजाने प्रतिबद्घता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स