नागढुंगाबाट करिब ४ करोड नगदसहित एक नेपाली र चार चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नागढुंगाबाट एक नेपाली र चार चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुलाई स्रोत नखुलेको ३ करोड ८९ लाख बढी नगदसहित प्रहरीले नागढुंगाबाट मंगलबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र बाँकी चार जना चिनियाँ नागरिक रहेका छन् ।

उनीहरुले कारको डक्कीमा प्लाष्टिकको दुई वटा बोरामा नगद लुकाई नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गर्दा प्रहरी प्रभाग नागढुंगाको टोलीले जाँच गर्ने क्रममा फेला पारेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स