काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले छटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ कायम भएकोमा आज १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको छ ।