काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले सेयर धितोमा लिएको ४/१२ को प्रतिकूल नीतिका कारण सेयर बजार धरासायी भएको बताएका छन् । राजस्व परामर्श समितिले आयोजना गरेको पोष्ट बजेट कार्यक्रममा चेम्बर अध्यक्ष मल्लले राष्ट्र बैंकले सेयर मार्केटलाई प्रभावित पार्ने नीति फिर्ता लिएर कम्तीमा पनि ३/४ वर्षको लागि नीति फिर्ता लिन माग राखेका छन् ।
मल्लले सेयर धितो कर्जामा ४/१२ करोडको नीतिले लाखौं लगानीकर्ता पुँजी बजारबाट भएको कतिको घरबाससम्म नरहेको नयाँ मौद्रिक नीतिले सो नीतिलाई हटाउनु पर्ने बताएका छन् । उनले निक्षेप कर्जा अनुपात (सीडी रेसियो) लाई ९० बाट बढाए ९५ प्रतिशत पुर्याउनु पर्ने समेत माग राखे ।
‘खुद्रा कारोबारको दायरा ५० लाखबाट १ करोड रुपैयाँ बनाउनु पर्ने, मौलिक उत्पादन, महिला उद्यमीका र कृषि उत्पादनमा ८ प्रतिशत मात्रै भ्याट हुनुपर्ने, विद्युतीय गाडिको अन्तःशुल्क घटाउनु पर्छ,’ मल्लले भने ।
विनियोजित बजेटको त्रैमासिक समिक्षा हुनु पर्ने, सेवा क्षेत्रमा (बैंक तथा बिमा ) नयाँ कम्पनीलाई लाइसेन्स दिनुभन्दा ऊर्जा क्षेत्रमा नयाँ लगानी भित्र्याउने नीति आवश्यक भएको उनले बताए । यस्तै नयाँ कम्पनी स्थापना हुँदा नै ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत पब्लिकको लगानीमा हुनुपर्ने व्यवस्था गरिनुपर्ने माग गरे । सबै ठूला कम्पनी पब्लिकमा गए दोस्रो बजारमा कारोबार हुनुपर्ने नीति आवश्यक नभएको पनि असर नपर्ने उनले बताए ।