१२ अंकले घट्यो नेप्से, दुई कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । सेयर बजार खोलेको पहिलो दिन नेप्सेमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक १२.९२ अंकले घटेर २०६५.७८ अंक विन्दुमा आइपुगेको छ ।

आज ४४ लाख ९ हजारको कित्ता सेयर १ अर्ब २७ करोड ३३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ डेभलपमेन्ट बैंक, फाइनान्स, मेन्यु एण्ड प्रो, अन्य, माइक्रो फाइनान्स, म्यूचल फण्ड बाहेक सबैमा राताम्मै देखिएको छ ।

आज ८७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९७ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, उपकार लद्युवित्तमा १० प्रतिशत र बलेफी हाइड्रोपावरमा ९.९६ प्रतिशतको सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स