सेयर लगानीकर्ताका माग जायजः धितोपत्र बोर्ड

काठमाडौं । पुँजी बजार सुधार तथा विकासका लागि गठित संघर्ष समितिले नेपाल धितोपत्र बोर्डमा १९ बुँदे माग पत्र पेश गर्दै तत्काल कार्यान्वयनको लागि आग्रह गरेको छ । संघर्ष समितिका संयोजक तिलक कोइरालाले बोर्डका अध्यक्ष रमेश हमालले लगानीकर्ताहरुका तर्फबाट प्रस्तुत सबै माग जायज रहेको भन्दै त्यसको कार्यान्वयनका लागि आफूहरु सक्रिय हुने बताए ।

अध्यक्ष हमालले सरकारी ढिलासुस्ती र कतिपय प्रक्रियागत कारणले नेपालमा पुँजी बजार सम्बन्धी कामहरु समयमै नहुने गरेको भन्दै उनले संघर्ष समितिका तर्फबाट प्रस्तुत मागहरु सकेसम्म चाँडै कार्यान्वयनमा लैजाने प्रतिबद्धता ब्यक्त गरे । उनले तीन महिना अघि नै  बोर्ड अध्यक्षमा नियुक्त हुँदा सेयर बजारको अवस्था कमजोर रहेको अनुभुति गरे पनि पदीय हैसियतले सार्वजनिक रुपमा भन्न नसकेको खुलासा गर्दै साना लगानीकर्ताहरुको हित सुरक्षामा बोर्डले विशेष ध्यान दिने खोजेको बताए ।

यस अघि संघर्ष समितिका संयोजक कोईरालाले बोर्ड अध्यक्ष हमाल नेपालको पुँजी बजार सुधार र विकासका लागि केही गरौं भन्ने दह्रो आत्मविश्वास र इच्छाशक्तिका साथ आएको भन्दै असार १ गतेका लागि घोषित आमरण अनशन अगाडि नै पुँजी बजार सुधार र विस्तारको काम गर्न बोर्डलाई आग्रह गरे । माग पत्र प्रस्तुुतगर्न ठूलो संख्यामा लगानीकर्ताहरु धितोपत्र बोर्डको कार्यालयमा पुगेका थिए ।

कोइरालाले प्रस्तुत गरेको मागपत्र यस्तो छः

श्रीमान् अध्यक्षज्यू
नेपाल धितोपत्र बोर्ड
खुमलटार, ललितपुर

विषयः पूँजी बजार सुधार र विस्तारका लागि तत्काल गर्नुपने्र्र अति जरुरी कामहरु सम्बन्धी माग पत्र

हामी सर्बसाधारण सेयर लगानीकर्ताहरुले पुँजी बजार सुधार र विकासका लागि लामो समयदेखि पहल गर्दै आएको कुरा बिदितै छ । नेपाल धितोपत्र बोर्ड र सरकार आफैले गर्छु भनेका कामहरु तत् समयमा नहुँदा पुँजी बजारको सुधार र बिकास प्रक्रिया अवरुद्ध हुनुका साथै हामी सेयर लगानीकर्ताहरुले समेत गम्भीर खालको क्षति र चरम नैराश्यताको अवस्था भोग्नु परेको छ र यसले पुँजी बजारको अवस्थालाई बर्षौ पछाडि धकेलेको छ ।

पुँजी बजारलाई आबश्यक नीति निमयको बन्दोबस्ती, अत्याधुनिक पूर्वाधार र प्रविधि नहुँदा लाखौं लगानीकर्ता प्रत्यक्ष मारमा परेका छौं । पटक– पटकको हाम्रो अनुनय विनयलाई कमजोरी ठानी सरकारले पुँजी बजारको सम्वेदनशिलता र ५२ लाख भन्दा बढी लगानीकर्ताहरुको लगानीलाई वेवास्ता गरेकाले फेरि एकपटक कडा रुपमा उत्रिनु परेको छ । पुरा हुनैपर्ने निम्न मागहरु राखेर हामी लगानीकर्ताका तर्फबाट लगानीकर्ता तिलक कोइराला यही असार १ गतेदेखि तेस्रो चरणको आमरण अनशनमा बस्ने तयारी भएको छ ।

सरकार तथा नियमनकारी निकायहरु आफैले गर्छु भनेका कामहरु नगर्दा हामी लगानीकर्ताहरु आमरण अनशन जस्तो अन्तिम विकल्प प्रयोग गरी पुँजी बजार सुधार र बिकासको अलाप गर्नु परेको छ र यस्तो घटना अरु कुनै पनि देशमा नभएकोले विश्व सामु लाजमर्दो समेत छ ।

नेपाल धितोपत्र बोर्ड हामी सबै लगानीकर्ता र पुँजी बजार सम्बद्ध निकायहरुको सर्वोच्च नियमनकारी र अभिभावक भएकाले हामीलाई आमरण अनशनमा राखेर मार्ने कुरामा विश्वास गर्दैनौ ।

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षज्यू पुँजी बजारमा राम्रो सुधार र बिस्तार गरेर देखाउँछु भन्ने दह्रो आत्मविश्वास र इच्छा शक्ति लिएर आउनु भएको र अन्र्तराष्ट्रिय क्षेत्रमा ख्याती र अनुभव समेत हासिल गर्नु भएको व्यक्तित्व हुनु भएकाले हाम्रा मागहरुबारे भित्रैदेखि गम्भिर भएर तत्काल कदम चाल्नुहुने अपेक्षा गरेका छौं । धितोपत्र बोर्डले चाह्यो भने पुरा हुन नसक्ने हाम्रा कुनै माग छैनन् र कुनै पनि माग पुँजी बजार भन्दा बाहिरका विषयसँग सम्बन्धित पनि छैनन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स