घट्दो सेयर बजारको विरोधमा उत्रिए लगानीकर्ता, सेबोनमा कालोपट्टी बाधेर प्रदर्शन, १९ बुँदे माग पत्र बुझाउँदै

काठमाडौं । तिलक कोइरालाको संयोजकत्वमा गठित संघर्ष समितिले आज नेपाल धितोपत्र बोर्डमा कालोपट्टी बाधेर प्रदर्शन गर्ने भएको छ । संघर्ष समितिले पूर्व निर्धारित कार्यक्रम अनुसार आज जेठ २३ गते बिहान ११ः०० बजे धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्न लागेको हो । लगानीकर्ताहरूको संघर्ष समितिले आजै सेबोन अध्यक्षलाई १९ बुँदे माग पत्र बुझाउने छ ।
आजको कार्यक्रम शान्तिपूर्ण हुने संयोजक कोइरालाले बताएका छन् । ‘आजको पर्दशनीमा संघर्ष समितिले केहि पनि नबोल्ने मुखमा कालोपट्टी बाधेर बजार सुधारको लागि मौन माग राख्ने बुझिएको छ ।

सेयर लगानीकर्ताहरुको भेलाले पूँजी बजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठनसहित दवावमूलक कार्यक्रमहरु घोषणा गरेको हो । सरकारले साढे ३ वर्ष अघि नै गरिसक्छु भनेका कामहरु नहुँदा पूँजी बजारमा गम्ंभीर संकट आएको भन्दै १९ बुंदे मागसहित कोइरालाले असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन्। सो अनशन अघि लगानीकर्ताहरुले शान्तिपूर्ण कार्यक्रम घोषणा गरेका हुन् ।

लगानीकर्ताहरुले जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीहरुसँग छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र २९ गते पूँजी बजारका बिज्ञहरुसहित बृहत छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

संघर्ष समितिमा पवित्रा ज्ञवाली, रमेशढकाल, गोपाल स्वामी, एसपी चौलागाँइँ, नानीबाबु खरेल, पूरुषोत्तम कडेल, एलपी साह, संजय थापा, देवबहादुर कार्की, लक्ष्मण बंजारा, सुमनभण्डारी, विनोद कार्की रहेका छन् । पिताम्बर फूलेल, राजु ओझा, माधवप्रसाद गौतम, सुन्दर श्रेष्ठ, पुरुषोत्तम सापकोटा, गणेश उप्रेति, सुकदेव भण्डारी, कमल पंथी, सुदर्शन पाठक, पासाड. शेर्पा, , मुरारी सिटौला, विदुर थापा र प्रल्हाद वस्ति सदस्य छन्। भेलाले पवित्रा ज्ञवालीलाई आर्थिक संंकलन संयोजकको जिम्मेवारी दिदै २७ हजार रुपैयाँ कार्यक्रमका लागि सहयोग संकलन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स