बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएकोमा आज १५ रुपैयाँले बढेर १२ सय ९० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स