बैंकले सेयर कर्जा नदिँदा लगानीकर्ता फाइनान्सतर्फ आकर्षित, सेयर धितोमा ‘ग’ वर्गका कम्पनीले १ अर्ब २० करोड बढाए लगानी

काठमाडौं । वाणिज्य तथा विकास बैंकमा सेयर धितोमा कर्जा नदिएपछि लगानी कर्ताहरू फाइनान्स कम्पनीतर्फ आकर्षित भएका छन् । फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म सेयर धितोकर्जा बढाएर १ अर्ब २० करोड पुर्याएका हुन् ।

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा ‘क्याप’ लगाएपछि चालु आर्थिक वर्षको चैतसम्म ११ अर्ब ६८ करोड रुपैयाँले सेयर धितोकर्जा घटेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जामा ४/१२ को सीमा लगाएपछि लगानीकर्ताले यो अवधिमासम्म कर्जा घटाएका हुन् । २०७८ असारसम्म २ अर्ब ८३ करोड रुपैयाँ लगानी गरेका फाइनान्स कम्पनीले चैतसम्म लगानी बढाएर ४ अर्ब ४ करोड रुपैयाँ पुर्याएका छन् ।

२०७८ असारमसान्तसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ सेयर धितोकर्जा प्रवाह गरेका थिए । चैतमा आइपुग्दा बैंक तथा वित्तीय संस्थाले सो कर्जा घटाएर ९४ अर्ब ५९करोडमा सीमित गरेका छन् । यो अवधिमा वाणिज्य बैंक र विकास बैंकले सबैभन्दा धेरै सेयर धितोकर्जा घटाएको छ भने विकास बैंकले फाइनान्स कम्पनीले सेयर कर्जा बढाएको छ ।

राष्ट्र बैंकले लिएको नीतिसँग वाणिज्य बैंकहरूले १२ अर्ब ५१ करोड रुपैयाँले कर्जा घटाएका छन् भने विकास बैंकले ३८ करोड रुपैयाँले सेयर धितोकर्जा घटाएका छन् । फाइनान्स कम्पनीले भने यो अवधिमा १ अर्ब २० करोड रुपैयाँले सेयर धितोकर्जा बढाएका छन् ।

गत असारमसान्तमा वाणिज्य बैंकहरूले ९० अर्ब ९२ करोड सेयर धितो कर्जामा दिएकामा चालु आवको ९ महिनामा यो कर्जालाई घटाएर ७८ अर्ब ४१ करोड रुपैयाँमा झारेका छन् । त्यसरी नै विकास बैंकले पनि १२ अर्ब ५२ करोड रुपैयाँ सेयर कर्जा दिएकामा चैतसम्म घटाएर १२ अर्ब १४ करोडमा झारेका छन् ।

नेपाल राष्ट्र बबैंकले चालु आवका लागि मौद्रिक नीति ल्याउँदै एकाघरको एक जना वा एउटा कम्पनीले एउटा बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ४ करोड र पुरै बैंकिङ इन्डष्ट्रिजबाट १२ करोड रुपैयाँसम्म मार्जिन प्रकृतिको कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकको सोही नीतिका कारण नीति आएयता सेयर बजार निरन्तर ओरालो लागेको छ । निरन्तर बजार ओरालो लागेपछि लगानीकर्ताहरू बजार बढाउन नियामक निकायदेखि प्रधानमन्त्री शेरवहादुर देउवालाई समेत भेटेर बजारमा देखिएको समस्या हल गर्न आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स