गभर्नरलाई प्रधानमन्त्रीले फोन गरेर भने,–‘पुँजी बजारको समस्या समाधान गर्न लाग्नुस्’(पत्रसहित)

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले नेपाल राष्ट्र बैंकका भगर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर सेयर बजारको समस्या समाधान गर्न गम्भिर भएर लाग्न निर्देशन दिएका छन् ।

गभर्नरलाई सेयर बजारमा देखिएको समस्या समाधान गर्न सरोकारवालासँग सहकार्य गरेर नीति बनाउन र लगानीकर्ताको समस्यामा गम्भिर भएर सोच्न प्रमले गभर्नरलाई निर्देशन दिएका हुन् ।

सेयर बजार निरन्तर ओरालो लागेपछि आत्तिएका लगानीकर्ताले प्रधानमन्त्री देउवालाई भेटेर सेयर बजारमा देखिएको समस्या समाधान गर्न आग्रह गरेपछि प्रमले गभर्नरलाई फोन गरेर समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

संघले प्रधानमन्त्रीसँग राष्ट्र बैंकले लिएको ४/१२ को नीति परिवर्तन गर्नुपर्ने, कर्जा निक्षेप अनुपात (सीडी रेसियो)को व्यवस्था परितर्वन गर्नुपर्ने भारित औसत दर १५० को सीमालाई परिवर्तन गरेर १०० मा पुर्याउनुपर्ने, यसअघि नेपाल धितोपत्र बोर्ड र सम्झौतलाई कार्यान्वयनमा ल्याउनु पर्ने माग राखेर प्रधानमन्त्री देउवालाई भेट्न पुगेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स