महानगरपालिकाभित्र सञ्चालन हुने सहकारीले १५ प्रतिशत कर तिर्नुपर्ने, अन्य व्यवसायमा यस्तो छ करको व्यवस्था

काठमाडौं । अव महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने सहकारीले वार्षिक १५ प्रतिशत १५ प्रतिशत कर तिर्नुपर्ने भएको छ । महानगरपालिकाभित्र सञ्चालित सहकारीले कर छुट हुने कारोबारमा सो कर लाग्ने व्यवस्था गरेको हो । सरकारले सार्वजनिक गरेको आर्थिक ऐन र बजेटले गरेको व्यवस्था बमोजिम विभागले २०७९ साउन १ गतेदेखि लागू हुने करको दर सार्वजनिक गरेको हो ।

आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्ष २०७९/८० देखि लागू हुने करको दर सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको आयकरको व्यवस्था बमोजिम उपमहानगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेक वार्षिक १० प्रतिशतका दरले कर तिर्नुपर्ने हुन्छ । त्यसरी ने नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाले साढे ७ प्रतिशतमात्रै कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।

प्राकृतिक व्यक्तिको जग्गा वा निजी भवन निःसर्ग वापत भएको भएको पुँजीगत लाभमा सम्पत्तिको ५ वर्ष वा सो भन्दा बढी भएकोमा ५ वर्ष वा सो भन्दा बढी भएमा५ प्रतिशत र ५ वर्षभन्दा कम भएका साढे सात प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था सरकारले गरेको छ ।

त्यसैगरी आगामी आर्थिक वर्षको लागि सरकारले सामान्य व्यवसाय गर्ने निकायले २५ प्रतिशत राज्यलाई कर तिर्नुपर्ने हुन्छ भने चुरोट, विँडी, सिगार, खानेसूर्ति, खैनी, गुट्खा, पान मसला, मदिरा र वियरको कारोबार गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकायलाई ३० प्रतिशत दरले कर लाग्ने छ ।

बैंक, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय वा दूर सञ्चार र इन्टरनेट सेवा, मुद्रा हरुतान्तरण (मनि ट्रान्सफर), पुँजी बजार व्यवसाय, धितोपत्र व्यवसाय, मर्चेन्ट बैंकिङ व्यवसाय, कमोडिटी फ्युचर मार्केट, धितोपत्र र कमोडिटी दलाल व्यवसाय ३० प्रतिशत कर लाग्ने छ ।

यस्तै सार्वजनिक गुठी अन्र्तगत दर्ता भई सञ्चालित विद्यालय महाविद्यालयको करयोग्य आयमा २० प्रतिशत कार लाग्ने छ भने कुनै आय वर्षमा कुनै गैर बासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा ५ प्रतिशतको दरले कर लाग्ने छ ।

गैर बासिन्दा व्यक्तिको करयोग्य आयमा ५ प्रतिशत कर लाग्ने तर नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने जल यातायात, हवाई यातायात वा दूरसञ्चार सेवा उपलब्ध गराउने गैर बासिन्दा व्यक्तिको हकमा २ प्रतिशत कर लाग्ने छ ।

आय वर्ष २०७९/८० मा बिजनेश प्रोसेस आउटसोर्सिंग, सफ्टवेयर प्रोग्रमिंग, क्लाउड कम्प्युटिंग लगायतका सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्ने कारोबार गरि सो वापत विदेशी मुद्रा आर्जन गर्ने वासिन्दा व्यक्तिको हकमा १ प्रतिशत कर लाग्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स