नेप्सका सबै उपसमूह रातो, कारोबार रकम १२ अर्बमा सिमित

काठमाडौं । नेप्से ४८.४२ अंकले घटेर ३०७६.४४ विन्दुमा पुगेको छ । बुधबार क वर्गका कम्पनीको सूचक मापदन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.६७ अंकले घटेको छ ।

बुधबार २२७ कम्पनीका सेयर १ लाख १८ हजार ९७२ पटक करोबार भएको छ । १ करोड ९५ लाख ९९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्ब ९ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका सबै उपसमूह घटेका छन् । सबैभन्दा धेरै नन् लाईफ उपसमूह ४२२.५३ अंकले घटेको छ ।

घट्दो बजारका बाबजुट जीवन विकास लघुवित्त र आईसीएफसी फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
खानी खोला हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स