नेप्से निरन्तर ओरालो, एक सातामै लगानीकर्ताले २ खर्बभन्दा बढी गुमाए

काठमाडौं । गत साताको अन्तिम कारोबार दिनदेखिनै बजार निरन्तर घटिरहेको छ । यो साता लगानीकर्ताहरूले २ खर्ब ६ अर्ब ५४ करोड २८ लाख गुमाएका छन् । गत साता ३१ खर्ब ६६ अर्ब २ करोड ९५ लाख रहेको कुल बजार पँजीकरण यो साता २९ खर्ब ५९ अर्ब ४८ करोड ६३ लाखमा झरेको हो ।

धितोपत्र दोस्रो बजार यो साताको कारोबारमा निरन्तर पाँच कारोबार दिन घटेर २०७८.७० विन्दुमा झरेको छ । गत साताको अन्तिम कारोबार दिन २२२३.७८ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १४५.८ अंक घटेको हो । गत साताको अन्तिम कारोबार दिन १५.८२ अंकले बजार घटेको थियो ।

साता सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको थियो । बजेट सार्वजनिक भएको भोलिपल्ट सोमवारको कारोबारमा नेप्से परिसूचक ५०.३३ अंकले घटेको हो ।

यो नेप्से परिसूचक, सेन्सेटिभ इन्डेक्स र कुल बजार पूँजीकरण घटेपनि कारोबार रकम र कारोबार कित्ता भने बढेको देखिन्छ । निरन्तर घटेको बजारमा आत्तिएर सेयर बिक्री गर्ने बढ्दा बजारमा नकरात्मक प्रभाव परेको हो ।

गत साता ५ अर्ब ६९ करोड १७ लाखभन्दा बढीको १ करोड ६१ लख ७८ हजार १४४ कित्ता धितोपत्र खरीदबिक्री भएकोमा यो साता ६ अर्ब २० करोड ३९ लाखभन्दा बढीको १ करोड ७६ लाख ६१ ह्जार ७३५ कित्ता धितोपत्र खरीदबिक्री भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स